एमाले जिल्ला अधिवेशन : दुई गैर भौगोलिक र ३९ भौगोलिक जिल्लामा नेतृत्व चयन

 पुष २६, २०७८ सोमबार १०:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको जारी जिल्ला अधवेशन अन्तर्गत ३९ वटा जिल्ला र दुई गैर भौगोलिक जिल्लामा नेतृत्व चयन भएको छ ।

शुक्रवार एकसाथ ६३ वटा जिल्लामा जिल्ला अधिवेशनको उद्घाटन गरेकोमा अहिलेसम्म दुई गैर भौगोलिकतर्फ मजदुर विशेष र पेसागत विशेष तथा गैर भौगोलिकतर्फ ३९ वटा जिल्लाको नेतृत्व चयन भएको नेकपा एमालेले जनाएको छ ।

बाँकी जिल्लामा नेतृत्व चयनको प्रक्रिया चलिरहेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । सिरहामा पनि हिजोदेखि जिल्ला अधिवेशन सुरु भएपछि जिल्ला अधिवेशन सुरु भएका जिल्ला ६४ वटा पुगेको छ ।

यस्तै आज अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले संखुवासभाको जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । एमाले प्रदेश अधिवेशन बाँकी रहेको छ । 
 

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया