जुम्लाको च्यारेचौरलाई 'मेडिकल हब' बनाइने

 पुष २७, २०७८ मंगलबार ११:६:६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लाको च्यारेचौरलाई 'मेडिकल हब' बनाउने याेजनासहित भाैतिक संरचना निर्माणकाे काम अगाडि बढाइएकाे छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे मंसिर २६ गते एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरुकाे उद्घाटन गरेपछि जुम्लाकाे च्यारे चाैरलाई मेडिकल हबको रुपमा विस्तार गर्ने तयारी गरिएको हाे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्ला सदरमुकामबाट-६ किलोमिटर टाढा च्यारे चौरमा एमबीबीएस अध्ययन र अध्यापनका लागि दुई दर्जनबन्दा बढी भौतिक संरचना निर्माण गर्ने तयारी गरेको छ । 

उपकुलपति डाक्टर मंगल रावलले प्रतिष्ठानले एमबीबीएस पढाउन सुरु गरेपछि मेडिकल हबको रुपमा चिनाउन २३ वटा भवन निर्माण गर्ने योजना अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अब च्यारेलाई प्रतिष्ठानको दीर्घकालीन योजना अनुसार मेडिकल हबको रुपमा विस्तार गरिनेछ ।

चन्दननाथ नगरपालिका-३ का स्थानीयको सहयोगमा प्रदान गरिएको नि:शुल्क जग्गामा एउटा भवनकाे निर्माणकाे काम सुरु भइसकेको छ । रसुवा कम्पनीले भवन निर्माणकाे कामकाे सुरुवात गरेको हाे।

 

रजिस्ट्रार नृपेन्द्र महतले च्यारे चौरमा रहेकाे पाँच सय रोपनी जग्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्थानीयले दिने सहमति भएको र तीन सय रोपनी दर्ता भइसकेको बताउनुभयो । च्यारेमा शैक्षिक भवन बनाउने योजना नेपाल सरकारका समक्ष पेस गरिसकिएकाे छ ।

प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सदरमुकाममा रहेको तीनसय शय्याको अस्पतालमा अहिले एमबीबीएस लगायतका कक्षाहरु सञ्चालन भइरहेका छन् । बर्सेनि बिरामी सङ्ख्या बढ्दै जाने र संरचना साँघुरो हुँदै गएकाले एमबीबीएससहितका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न भाैतिक संरचना निर्माण गर्न लागिएकाे हाे । 

प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर निरेश थापाका अनुसार च्यारेमा एउटा र जुम्ला बजार अस्पताल क्षेत्र नजिक तीन वटा भवन निर्माण गर्न रसुवा कम्पनीले जिम्मा लिएको छ । 

प्रतिष्ठानमा एमबीबीएस अध्ययन गर्न २० जना विद्यार्थीहरु भर्ना भइसकेका छन् । जुम्लामा प्रतिष्ठानको स्थापनापछि स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन थालेको छ । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षामा उच्च तहको कक्षाहरु सञ्चालन भइरहेका छन्।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया