मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका ल...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - वाग्मती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाटसम्म क्षमता भएका रेडियोहरुको नवीकरण शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।
वाग्मती प्रदेश मन्त्रिपरिषद्को आजको बैठकले छुट दिने निर्णय गरेको वाग्मती प्रदेश सरकारका प्रेस रजिस्टार रेवती सापकोटाले जानकारी दिनुभयो ।
यो भन्दा अगाडि रोयल्टी बापत २ प्रतिशत दिनुपर्ने भए पनि अबदेखि भने १ प्रतिशत मात्र तिरे पुग्ने छ । केही समय अगाडि स्वतन्त्र रेडियोहरुको छाता सङ्गठन ब्रोडकाष्टिङ एसोसिएशन अफ नेपाल (बान) ले नवीकरणको छुटको माग गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
बजेट भाषण मार्फत रेडियो इजाजत र लाइसेन्स नवीकरणमा पूर्ण छुट तथा रोयल्टीमा ५० प्रतिशत छुट दिने निर्णय गरेको केन्द्र सरकारले अहिलेसम्म पनि यसको कायान्वयन गरेको छैन । पुस मसान्तसम्म रेडियो इजाजत लाइसेन्स नवीकरण नगरे अनुमति पत्र खारेज हुने प्रावधान छ ।
प्रदेश सरकारको यो निर्णयले वाग्मती प्रदेशमा रहेका झण्डै एक सय रेडियोहरुले माघ महिनासम्ममा नवीकरण गर्ने अवसर पाउने सापकोटाले जानकारी दिनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।