माधव नेपाललाई काेराेना सङ्क्रमण

 पुस २७, २०७८ मंगलबार १७:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

काेराेना भाइरसकाे मिल्दाेजुल्दाे लक्षण देखिएपछि अध्यक्ष नेपालकाे हिजाे साेमवार काेराेना परीक्षण गरिएकाे थियाे । परीक्षणमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँलाई आज मङ्गलवार काेराेना पुष्टि भएकाे हाे । 

अहिले उहाँ घरमै आइसाेलेशनमा बसिरहनुभएकाे छ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठलगायतलाई काेराेना पुष्टि भएकाे थियाे । उहाँहरू पनि हाेम आइसाेलेशनमा हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया