चीनसँग जाेडिएका नाका खुला गर्न माग गर्दै काठमाण्डाैमा प्रदर्शन

 पुस २८, २०७८ बुधबार १५:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चाेकका स्थानीवासीले विराेध प्रदर्शन गरेका छन् । आज बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागी हुनुभएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, केरुङ, खासा नाका खुला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’

आन्दोलनकर्मीहरूले नेपाल–चीन नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायतका नारा लगाएका थिए । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया