पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
बाँके – नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत चेकपोष्ट (सुख्खा बन्दरगाह) निर्माणका लागि नेपालले आफ्नो तर्फबाट गर्नुपर्ने काम सम्पन्न गरेको छ ।
सुख्खा बन्दरगाह निर्माणस्थलमा तारबार र पर्खाल निर्माण भएको छ । सुख्खा बन्दरगाहका लागि भारत र नेपालतर्फको करिब २ सय बिघा जमिनमा तारबार र पर्खाल निर्माण गरिएको हो ।
नेपालले ९२ बिघा जग्गा मुआब्जामा लिएको छ । हालसम्म मुआब्जामा करिब ६ करोड र भौतिक निर्माणमा दुई करोड रुपैयाँ खर्च भएको छ ।
नेपालले पहिलो चरणमा आफ्नो तर्फबाट गर्नुपर्ने कार्य पूरा गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन नेपालगञ्जका इञ्जिनियर होमनाथ भुषालले जानकारी दिनुभयो ।
भारतले पनि आफ्नोतर्फको जमिनमा तारबार गर्नुका साथै पक्की पर्खाल निर्माण गरेको छ । नेपालतर्फ भने तारबार मात्रै गरिएको छ ।
हाल उक्त क्षेत्र जयसपुर लगायत आसपासका गाउँका बासिन्दाले चरणक्षेत्रको रुपमा उपयोग गर्दै आईरहेका छन् ।
सुख्खा बन्दरगाहमा सुरक्षाकर्मी बस्ने घर निर्माण सम्पन्न भए पनि लामो समयसम्म बेवारिसे अवस्थामा रहेको छ । बेवारिसे भवनबाट सामान समेत चोरी भएको छ ।
सुख्खा बन्दरगाह निर्माणका लागि तीन वर्षअघि सर्वसाधारणको जमिन अधिग्रहण गरि मुआब्जा प्रदान गरिए पनि अहिलेसम्म सुरक्षाकर्मी बस्ने भवन बाहेक कुनै संरचना निर्माण हुन सकेको छैन । अधिग्रहण भएको जमिनको संरक्षणका लागि रेखांकन गरि काँडे तार लगाइएको छ ।
नेपालतर्फ झन्डै ९२ बिघा क्षेत्रफलमा निर्माण हुन लागेको सुखा बन्दरगाह निर्माणको कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
‘अब सम्पूर्ण निर्माण कार्य भारत सरकारमा निर्भर रहेको छ’, इञ्जिनियर भुषालले भन्नुभयो,– ‘भारतले सम्पूर्ण निर्माण कार्य आफैले टेण्डर गरेर गर्ने हो ।’
ईञ्जिनयर भुषालले जमिन संरक्षणका लागि तारवार, चौलिक्का चोकदेखि बन्दरगाहसम्मको २ हजार ७ सय मिटर लामो, ६० मिटर चौडा सडकको ट्रयाक खोल्ने र सडकको प्रति ५० मिटरको दुरीमा सिमेन्टको खम्बा गाडेर संरक्षणको काम भएको बताउनुभयो ।
एकीकृत चेकपोष्ट निर्माण भएपछि सामान आयात निर्यात सम्वद्ध नेपाल र भारतका सम्पूर्ण सरकारी कार्यालय एकठाउँमा हुने भएपछि आयात निर्यातमा सहज हुने ब्यवसायीको अपेक्षा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mukesh
Sept. 10, 2018, 6:23 p.m.अत्यन्त राम्रो विषय /