सोलुखुम्बुका उज्यालो सहकर्मीमाथि हातपात गर्ने पक्राउ

 पुस २९, २०७८ बिहिबार ७:३६:३५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुका उज्यालो सहकर्मी सुवास दर्नालमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् ।

रिपोर्टिङका क्रममा उज्यालो सहकर्मी दर्नालसहित सञ्चारकर्मी रमन वनमाथि हातपात गर्ने माप्यदूधकोशीका जीवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई माप्यदूधकोशी गाउँपालिका-५ मा रहेको उनकै घरबाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गएको मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको रिपोर्टिङका क्रममा दर्नाल र वनलाई नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदीप बस्नेत, नेविसङ्घ माप्यदूधकोशी अध्यक्ष विभूषण राई लगायतले हातपात गरेका थिए ।

उनीहरु विरुद्ध पीडित पत्रकारले अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरेका थिए । अरु दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया