रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घ...
पुस १, २०८१ सोमबार
काठमाण्डाै - सरकारले आजदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
कोरोना सङ्क्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।
हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।
सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि आज एकदिन यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ । कोरोनाको जोखिम बढ्दै गएकाले कडाइ गर्नुपरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।