लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक : नेपाली कांग्रेस

 पुष ३०, २०७८ शुक्रबार १९:४९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको भन्दै छिटो सडक निर्माण रोक्न माग गरेको छ ।

सडक निर्माण रोक्न र सीमासम्बन्धी विवादको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनुपर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आज वक्तव्य निकालेर ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको भन्दै यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्ने र कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भनिएको छ ।

नेपाल र भारतबीच पुरानो र ऐतिहासिक सम्बन्ध रही आएकोले सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनीतिक माध्यमबाट खोजिनु पर्नेमा जोड दिइएको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया