कोरोना नियन्त्रण गर्न सरकार गम्भीर नभएको एमालेको आरोप, प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र

 माघ १, २०७८ शनिबार ११:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएक‍ो छ ।

शनिवार एमाले नेताहरु सुवास नेम्वाङ, योगेश भट्टराईलगायतले प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमै पुगेर ध्यानाकर्षण गराएका हुन् । कोरोना भाइरस फैलिरहे पनि रोकथाम तथा नियन्त्रणका लागि सरकारले कुनै उल्लेख्य पहल नगरेको एमालेको आरोप छ ।

ध्यानाकर्षण पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयासबाट अहिलेको सरकारले सिक्नुपर्ने  उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको बताउनुभयो । 

ध्यानाकर्षण पत्र ः

तस्बिर र ध्यानाकर्षण पत्र  : याेगेश भट्टराईकाे फेसबुक

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया