राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

 माघ २, २०७८ आइतबार १५:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । 

सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ । 

यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो । 

प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ । संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोना सङक्रमणलाई कारण देखाउँदै दुवै सदनका बैठक स्थगित हुँदै आएका छन् ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया