मधेश प्रदेशमा आज सार्वजनिक बिदा

 माघ ४, २०७८ मंगलबार ७:१०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज ‘मधेश प्रदेश’मा सार्वजनिक बिदा दिइएको छ ।

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो ।

हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । नाम र राजधानी निश्चित गर्ने मधेश छैटौँ प्रदेश हो ।

प्रदेश-१ ले अझै नाम टुङ्गो लगाउन सकेको छैन । यसअघि वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम टुङ्गो लागिसकेको छ । यी प्रदेशको नाम पुरानै दोहोरिएको र मधेश प्रदेशले मात्रै मौलिक नाम राखेको भन्दै चर्चा भइरहेको छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया