भ्वाइस अफ अमेरिका बन्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय
चैत ३, २०८१ सोमबार
काठमाडौं – शेयर लगानीकर्ताले बोनस र हकप्रद शेयरको आधारमूल्यमा कर लिने प्रावधानको विरोध गरेका छन् ।
बोनस र हकप्रद शेयरमा शेयरको अंकित मूल्यलाई नै आधार मानेर लागत मूल्य गणना गर्ने र अग्रीम पूजीगत लाभकर लिने भन्दै आन्तरिक राजश्व विभागले परिपत्र गरेपछि त्यसको चर्को विरोध भएको हो ।
शेयर लगानीकर्ता तथा शेयर दलाल कम्पनी सञ्चालकले यो निर्णय अन्तराष्ट्रिय सिद्धान्तको मर्म विपरित हुने भन्दै यस्तो निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह पनि गरेका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारले शेयर लगानीकर्तालाई लगातार करको भार बोकाउने नीति लिएको भन्दै यसले पूँजीबजारमा नकारात्मक असर पार्ने भएकाले तत्काल यो निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो । सरकारको निर्देशनपछि कारोबार गर्न पनि अन्योल भएको शेयर दलाल कम्पनी सञ्चालकहरुको भनाई छ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट मार्फत पूँजीगत लाभकर ५ प्रतिशतबाट बढाएर साढे ७ प्रतिशत पुर्याएपछि त्यसको पनि लगानीकर्ताले विरोध गरिरहेका बेला अझै कर थप्नु पूँजीबजारलाई माथि उठ्न नदिने नियत भएको लगानीकर्ताको दाबी छ ।
यसअघि हकप्रद र बोनस शेयर समायोजनपछिको मूल्यमा मात्र लाभकर तिर्नुपर्ने ब्यवस्था थियो ।
बोनस र हकप्रद शेयरमा अंकित चुक्ता पूँजीलाई नै आधार मूल्य मानेर पूँजीगत लाभकर लिन निर्देशन दिएपछि शेयर बजार परिसूचक नेप्से आइतबार ३४ अंकले घटेको छ ।
यसअघि समायोजित मूल्यलाई आधार मानेर निकालिने आधार मूल्यभन्दा बढीको मात्र पूँजीगत कर लाग्ने थियो । यसअघि, बजेटमार्फत पूँजीगत लाभकर ५० प्रतिशत बढाएकोमा आज फेरि बोनस र हकप्रद शेयरमा पूँजीगत कारका लागि चुक्ता पूँजीलाई नै आधार मान्ने निर्णय आएपछि लगानीकर्ता निराश बनेका छन् ।
आज कारोबार भएका सबैजसो कम्पनीको शेयर मूल्य घटेपछि नेप्से घटेको हो । आइतबार १ सय ५५ कम्पनीका १० लाख कित्ता शेयर साढे ५४ करोड रुपैयाँमा किनबेच भएका छन् । आज पनि मेगा बैंकका शेयरधनीले १० प्रतिशत गुमाएका छन् । यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडको साधारण तथा प्रवद्र्धक दुवै तर्फको शेरयर मूल्य ८ प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।