सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै, प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

 माघ ४, २०७८ मंगलबार ११:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे १ बजे बस्ने छ ।

कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाउनु भएको हो ।

बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुनुहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘यसअघि विवादका समयमा विशेष कारणवश पूर्ण बैठका उहाँ नबसे पनि आजको बैठकमा उहाँ सहभागी हुनुहुनेछ ।’ कोरोना सङ्क्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौती गर्ने तयारी थालेको छ।

सर्वोच्चका प्रधानन्यायाधीश जबराविरुद्ध न्यायाधीशहरु अझै पनि आन्दोलनमा छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया