अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
टर्कीले स्वीडेनलाई तीन दुई गोल अन्तरले हराएकाे छ । युईएफए नेशन्स लिग अन्तर्गत साेमबार राति भएकाे खेलमा दुई गोलले पछि परेको टर्किले उत्कृष्ट कमब्याक गर्दै जित हासिल गर्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा थेलीनले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको स्विडेनले ४९ औ मिनेटमा क्लासोनको गोलमार्फत अन्तर दुई शून्यमा पुर्यायो ।
दुई गोलले पछि परेको टर्कीले ५१ औं मिनेटमा काल्हानोग्लुको गोलमार्फत अन्तर दुई एकमा झार्यो । त्यसपछि ८८ औं मिनेटमा र इन्जुरी समयको दोस्रो मिनेटमा काबाबाले लगातार दुई गोल गरेपछि टर्किले स्वीडेनलाई स्तब्ध बनायो ।