त्रिविका परीक्षामा स्वास्थ्य मापदण्ड पालना भए/नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

 माघ ६, २०७८ बिहिबार १४:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको परीक्षामा स्वास्थ्यका मापदण्ड पालना भए/नभएकोबारे अनुगमन गर्न निर्देशन दिनुभएको छ ।

उहाँले परीक्षामा आवश्यक भौतिक दूरीको पालना, स्यानिटाइजर तथा मास्क प्रयोग भए/नभएको अनुगमन गर्न निर्देशन दिनुभएको हो । परीक्षाको अनुगमनपछि कोभिड प्रोटोकल पालना नभएको पाइए केही हप्ता स्थगित गराउन निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन भएको छ । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा रोकेका छैनन् । सङ्क्रमित विद्यार्थीका लागि परीक्षा दिन छुट्टै कक्षाको व्यवस्था गर्न भनिएको छ । गम्भीर सङ्क्रमितलाई परीक्षा पछि दिन पाउने गरी व्यवस्था गर्ने तयारी भइरहेको त्रिविले जनाएको छ । काठमाणडौ विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया