मकवानपुरको सिमभञ्याङ–दामनमा फेरि हिमपात, त्रिभुवन राजपथ बन्द

 माघ ७, २०७८ शुक्रबार १०:२६:१० | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - मकवानपुरको उतरी क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ र दामन क्षेत्रमा फेरि हिमपात हुँदा त्रिभुवन राजपथ बन्द भएको छ । यसअघि पनि हिमपात भएको थियो ।

त्रिभुवनराजपथ  बन्द हुँदा यस सडक भएर गाडीहरु ओहोरदोहोर गर्न पाएका छैनन् ।

हिमपात हुँदा स्थानीय बासिन्दाहरु भने खुसी भएका छन् । यसअघि आन्तरीक पर्यटकहरु हिउँ खेल्न आए पनि अहिले भने कोरोना सङ्क्रमणको त्रासका कारण हिउँ खेल्न जानेहरु अत्यन्तै कम ‍भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालका अनुसार गएराति भएको हिमपातले त्रिभुवन राजपथ अन्तर्गत सिमभञ्याङ-दामन सडक बन्द भएको छ ।

सिमभञ्याङ र दामन क्षेत्रमा यस वर्षको दोस्रो पटक हिमपात भएको हो । यसअघि पुस १४ गते यस क्षेत्रमा बाक्लो हिमपात भएको थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया