राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

 माघ ७, २०७८ शुक्रबार १७:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

सम्बाेधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।

यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि साधन तथा श्रोतको अभाव हुन नदिन सबैखाले संयन्त्रलाई चुस्त दुरुस्त बनाइएको दाबी गर्नुभयो । उहाँले विपदमा परेका नागरिकको उद्धार सरकारको उच्च प्राथमिकतामा रहेको र पीडितलाई राहत र क्षतिपूर्ति प्रदान गरिएको समेत बताउनुभयो ।

गएको कात्तिकमा बेमौसमी वर्षाका कारण कृषिमा भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने काम अघि बढेको उहाँको भनाइ छ । साथै प्रधानमन्त्री देउवाले किसानलाई मल/बीउको कमी हुन नदिन सरकारले हरसम्भव प्रयत्न गरिरहेको दाबी समेत गर्नुभयो ।

सम्बोधनको पूर्ण पाठ :

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • लेखनाथ खनाल

    Jan. 22, 2022, 6:52 a.m.

    यो प्रकाशनको पुर्ण पाठमा दिइएको तथ्यांकमा लेखिएका अंकहरु मिश्रित भाषा ( अङ्ग्रेजी र नेपाली)मा भएकोले गम्भीर त्रुटि देखिएको छ ! पुर्ण पाठ मा नै त्रुटि हो या प्रकाशनको क्रममा त्रुटी भएको सम्बन्धित निकायको ध्यान जावोस 🤔

  •  0 Reply

तपाईको प्रतिक्रिया