पालिकाको चुनावबारेमा कानुनविद्सँग छलफल गर्ने गठबन्धनको निर्णय

 माघ ७, २०७८ शुक्रबार १९:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर, रासस

काठमाण्डाै - सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिकाको चुनावबारेमा कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले २०७४ सालमा तीन चरणमा पालिकाको चुनाव भएकाले कुन मितिदेखि प्रतिनिधिहरूको पदावधि सुरु भएको मान्ने भन्नेबारे विज्ञहरुसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको बैठकमा सहभागी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

२०७४ सालको वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा चुनाव भएको थियो । यस्तै बैठकमा पालिकाको चुनाव अघि नै प्रदेश र प्रतिनिधि सभाको चुनाव नगर्ने तर तीन वटै तहको एकै पटक गर्नेबारेमा पालिकाका पदाधिकारीको पदावधिबारेमा कानुनविद्हरुसँग छलफल गरेपछि निर्णय लिने सहमति भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया