विदेशमा झण्डै चार महिनाको उपचारपछि माओवादी नेता पुन सोमबार नेपाल फर्कँदै

 माघ ८, २०७८ शनिबार १४:९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पर्सि सोमबार नेपाल आउनुहुने भएको छ ।

गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताउनुभयो । पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएको थियो ।

वर्षमान पुन देशबाहिर रहेका कारण माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुसको ११ गतेदेखि काठमाण्डौमा भएको माओवादीको महाधिवेशनमा केन्द्रीय सदस्य चुनिए पनि पदाधिकारीको टुंगो लागेको छैन । वर्षमान पुन विदेशमा रहेकाले अध्यक्ष प्रचण्डले पदाधिकारीको घोषणा गर्नुभएको थिएन । महासचिवका दावेदार रहेका पुन नेपाल फर्किएपछि पदाधिकारीको टुंगो लाग्ने सम्भावना रहेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया