राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, के–के गर्न पाइँदैन ?

 माघ ९, २०७८ आइतबार १८:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा चुनावअन्तर्गत आज (आइतवार) राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आायेगले माघ १२ गते हुने राष्ट्रिय सभाको चुनावका लागि आज राति १२ बजेदेखि माैन अवधि सुरु हुने जानकारी गराएको हो ।

आयोगका सहसचिव एवम् सहप्रवक्ता कोमलप्रसाद धमलाले मौन अवधि एउटा नैतिक बन्धन र कानुनी हतियार भएकाले आयोगले चुनावकाे आचारसंहिता सार्वजनिक गरेको बताउनुभयो । उहाँले यस समयमा चुनावकाे मतदान हुने तीन सय मिटर वरपरको ठाउँमा भएका पर्चा, पम्प्लेट र पोस्टर हटाइनुपर्ने बताउनुभयो । सहसचिव धमलाले आजदेखि सामाजिक सञ्जालबाट प्रचारप्रसार र प्रकाशनका काम गर्न बन्द भएको जानकारी दिनुभयाे । 

उहाँले भन्नुभयो, ‘कुनै पनि चुनावमा आचारसंहिता लागू हुन्छ । तर अहिलेको राष्ट्रिय सभाको चुनावमा आम मतदाता संलग्न नहुने, सहभागी नहुने र प्रचारप्रसार आदिकाे हिसाबले पनि त्यो सङ्ख्यामा नहुने भएकाले आचारसंहिता उल्लङ्घन भएका उजुरी आएका छैनन् र आउँछाे जस्ताे पनि लाग्दैन । आज राति १२ बजेदेखि आचारसंहिताको मौन अवधि सुरु हुन्छ । मौन अवधिमा सबै प्रचारप्रसारका काम बन्द गर्नुपर्छ । मतदान हुने ठाउँको तीन सय मिटर वरिपरि पर्चा, पोस्टर, पम्प्लेट टाँसेका छन् भने हटाउनुपर्छ । त्यो मौन अवधिमा जस्तै:– एसएमएस गर्ने, फेसबुक, भाइबर, ट्विटर लगायतका सामाजिक सञ्जालकाे प्रयोग गरेर प्रचरप्रसार गर्ने काम बन्द गर्नुपर्ने हुन्छ । राजनीतिक दलको, उम्मेदवारको, प्रचारप्रसार गर्ने र उनीहरूकाे विषयमा सामग्री प्रकाशन गर्ने काम पनि बन्द गर्नुपर्छ ।’

सहसचिव धमलाले राष्ट्रिय सभाको चुनावमा आयोगले निर्देशित गरेका २१ बुँदे स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरिने र निर्वाचन अनुशासित र सुव्यवस्थित ढङ्गले सम्पन्न हुने बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया