आहा रारा गोल्डकप : सङ्कटा र मच्छिन्द्र क्लब खेल्दै

 माघ १०, २०७८ सोमबार ११:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्।

खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया