कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित

 माघ १०, २०७८ सोमबार १३:२४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ ।

कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।  

नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावली सङ्कलनका कार्य बन्द गरिएको कार्यालयले जनाएको छ  ।  

रसुवामा अहिले ९९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । अहिलेसम्म जिल्लामा १ हजार ४ सय ३६ जनामा कोरोना पुष्टि भइसकेकाे छ। जसमा १ हजार ३ सय ३५ जना निको भएका छन् भने दुई जनाको ज्यान गएको कार्यालयको तथ्याङ्क छ ।  


 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया