चितवनमा गैँडा मरेको विषयमा छानबिन गर्न मन्त्रालयले बनायो कार्यदल

 माघ ११, २०७८ मंगलबार १६:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गैँडा मरेको विषयमा छानबिन गर्न सरकारले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

वन तथा वातावरण मन्त्रालयले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा आज मङ्गलवार पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । कार्यदललाई स्थलगत छानबिन गरी घटनाको यथार्थ विवरण पेस गर्न १० दिनकाे समय दिइएकाे छ । साथै सडक निर्माण गर्दा भएको वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृतिको अवस्थाका साथै सडक निर्माणको क्रममा लापर्बाही भएको पाइएमा त्यसको यकिन जानकारीसहित सुझाव पेस गर्न निर्देशन दिइएको छ ।  

गएको ९ गते दिउँसो चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारका क्रममा खनिएको खाडलमा परि गैँडा मरेको थियो । वन तथा वातावरण मन्त्रालयले यही विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया