प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका शेर्पा विजयी

 माघ १२, २०७८ बुधबार १७:४२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ – राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । 

गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण पराजय हुनुभएको छ ।  

शेर्पाले चार हजार सात सय ५२ मतभार र राईले चार हजार ३ सय ६८ मतभार प्राप्त गर्नुभएको छ । 

यस्तै प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र कांग्रेसका गोपाल बस्नेत विजयी हुनुभएको छ । एमालेका गुरु बराल र कांग्रेसका बस्नेतको मत बराबर भएपछि गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी हुनुभएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया