वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

 माघ १२, २०७८ बुधबार १७:५६:१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीकाे रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । 

तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाकी गीता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । 

त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गर्नुभएकाे छ । 

प्रदेश सभाका कुल १ सय ९ जनामध्ये १ सय ६ जनामात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । चुनावमा वाग्मती प्रदेशका १ सय ९ सांसद र स्थानीय तहका १ सय १९ प्रमुख र उपप्रमुख मतदाता रहेका थिए । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया