लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

 माघ १२, २०७८ बुधबार १८:४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आज बुधवार परमादेश जारी गरेको हो ।

आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो । तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न लोक सेवा आयोगलाई भनिएको छ ।

यस्तै सर्वोच्च अदालतले समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा ल्याउन नमिल्ने फैसला गरेको छ । समायोजन भएर प्रदेश र पालिकामा गएका शाखा अधिकृतहरूको तर्फबाट दायर भएको रिट खारेज गर्दै सर्वोच्चले उनीहरूको वृति विकासका लागि थप प्रबन्ध गर्न पनि सरकारलाई आदेश दिएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया