चार दिन लगातार घटेको शेयर बजार आज तीन अङ्कले बढ्यो

 माघ १३, २०७८ बिहीबार १५:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चार दिनसम्म लगातार घटेको शेयर बजार काराेबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समूहकाे शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहकाे शेयर १४, जलविद्युतकाे पाँच, उत्पादनकाे २५ र अन्य समूहकाे शेयर १७ अङ्कले बढेकाे छ । 

आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्याेरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भयो ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया