जेठ ४ गते स्थानीय तहकाे चुनाव गर्ने निर्वाचन आयाेगकाे प्रस्ताव

 माघ १८, २०७८ मंगलबार १७:१८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मङ्गलवार भएको छलफलमा आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने नयाँ मिति प्रस्ताव गरेको हो ।

यसअघि आयोगले वैशाखको १४ र दुई चरणमा गर्नुपर्ने भए दोस्रो चरणका लागि वैशाख २२ गतेको प्रस्ताव गरेको थियो । तर सरकारले मिति नतोकेको र सत्तारुढ गठबन्धनबीच जेठ महिनाभित्र चुनाव गर्ने सहमति भएपछि आयोगले जेठ ४ गते एकै दिन चुनाव गर्ने प्रस्ताव गरेको हो ।

स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ । आयोगले सरकारलाई ६ पृष्ठको सुझाव पेस गरेको छ । स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन आयोगसँगको परामर्श गरेर सरकारले मिति घोषणा गर्ने प्रावधान छ ।

छलफलमा प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावको तयारी अघि बढाउन आयोगलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया