मन्त्री झाँक्री धाेबी खाेला करिडाेर क्षेत्रमा भएकाे सडक अतिक्रमणकाे अनुगमनमा (तस्बिरहरू)

 माघ १९, २०७८ बुधबार १५:५७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबी खोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नुभएको छ । सडक अतिक्रमण नगर्न पटक–पटक सचेत गराउँदा पनि नमानेपछि आज बुधवार मन्त्री झाँक्री आफैँ त्यस करिडोरको अनुगमनमा जानुभएको हो । 

सवारीसाधन नै पास नहुने गरी निर्माण सामग्री राख्ने, पसल राख्ने, टेबल, कुर्सी समेत राखेर बस्ने अवस्था भएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरीत सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो । मन्त्री झाँक्रीले आज अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न फेरि एक पटक सचेत गराइएको बताउनुभयो । अब पनि नमाने उनीहरूमाथि कानुनअनुसार कारबाही गर्ने उहाँले बताउनुभयो । 

उपत्यका विकास प्राधिकरण ऐन अनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ । तर त्याे ऐन विपरीत सडक अतिक्रमण गर्नेहरूलाई अब कानुनअनुसार कारबाही गर्ने सरकारको तयारी छ ।

मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरूको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘आज बिदाकै दिन भए पनि उहाँहरूलाई सचेत गराऔँ भनेर अनुगमनमा आएका छौँ । अतिक्रमण नगर्नुस् भनेर माइकिङ गर्नेलगायतका काम गर्दै आएका छौँ । उहाँहरूलाई आफ्नो सामान निकाल्नुस् भनेका छौँ । त्यसपछि पनि मान्नु भएन भने कानुनअनुसार कारबाही पनि हुन्छ ।’

मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया