सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

 माघ २१, २०७८ शुक्रबार ७:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ ।

गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मिति घोषणा भएपछि सुरु हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको चुनावलाई लक्षित गरी आयोगले मतदाता सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण, दातृ निकायसँग समन्वय गर्ने तथा अरु आवश्यक पूर्व तयारीका कामहरु निरन्तर गरिरहेको प्रवक्ता पौडलले जानकारी दिनुभयो ।

चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली सङ्कलनको काम भइरहने पनि उहाँले बताउनुभयो । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया