मुख्यमन्त्री पाण्डे नेतृत्व सरकारले १ सय दिनमा गरेका काम हेर्नुस् ६७ बुँदामा

 माघ २१, २०७८ शुक्रबार २०:३२:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – वाग्मती प्रदेशमा राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्रीका रूपमा आएपछिको एक सय दिनमा गरेका कामको उपलब्धि सार्वजनिक गरिएको छ । आफू नेतृत्वको सरकारले २०७८ कात्तिक ११ गते पदबहाली भएपछि गरेका उपलब्धि आज शुक्रवार मुख्यमन्त्री पाण्डेले प्रदेशका मन्त्रीहरू, सचिवहरू, पत्रकारहरूको रोहबरमा सार्वजनिक गर्नुभयो । 

मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी सम्मिलित गठबन्धन सरकारको एक सय दिनको प्रमुख उपलब्धि ६७ बुँदामा सार्वजनिक गर्नुभयो । प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ गठित सरकारले कार्यभार सम्हालेको आज एक सय दिन पुगेको उपलक्षमा गरेका कामहरू सार्वजनिक गरिएको हो । 

प्रदेश सरकारले गठबन्धनमा सहभागी दलहरूको सहभागितामा प्रभावकारी सेवा प्रवाह, दिगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिबी निवारण, शासकीय सुधार, भष्ट्राचार निवारण, सुशासन प्रबर्द्धन लगायतका उद्देश्य पूरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ्य र संयन्त्रलाई प्रभावकारी ढङ्गले र अभियानकै रूपमा परिचालन गर्ने नीतिसहितको प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको उहाँले बताउनुभयो । 

प्रदेशको आर्थिक सामाजिक रूपान्तरण गर्न, नागरिकलाई सरल एवम् सहज गुणस्तरीय सेवा प्रवाह गर्न, पूर्वाधार विकासलाई व्यवस्थित गर्न तथा सुशासन प्रबर्द्धन गर्न प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ को अनुसूचीमा हेरफेर गरी मन्त्रालयको सङ्ख्यामा केही वृद्धि गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । यसबाट सरकारको काम छिटो तथा पुँजीगत खर्च प्रभावकारी रूपमा वृद्धि हुने र जनताले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास सरकारले लिएको उहाँले बताउनुभयो । 

प्रदेश सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयन एवम् व्यवस्थित गर्न मन्त्रिपरिषद् समितिका संयोजक तथा सदस्य तोक्ने कार्य गरिएको पनि मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया