बैतडीकाे चितुवा प्रभावित क्षेत्रमा प्रहरी चौकी

 भदौ २७, २०७५ बुधबार ११:५१:३ | रासस
unn.prixa.net

बैतडी – चितुवा प्रभावित क्षेत्र तल्लोस्वराडमा प्रहरी चौकी स्थापना गरिने भएको छ । 

शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न लागिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । स्थानीयवासीको आग्रहपछि त्यहाँ प्रहरी चौकी थप्न लागिएको हो । सुल्लेखानमा चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिमा पारित भइसकेको छ । 

“प्रहरी चौकी स्थापना गर्न सिफारिश गरेर प्रदेश नं ७ को प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ, अबको १५ दिनभित्रै प्रहरी चौकी स्थापना भइसक्छ,” गिरीले भन्नुभयो । हाल शिवनाथ गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी रहेको छ । चौकीबाट सुल्लेखान पुग्न पैदल चार घण्टा लाग्छ । 

गाउँपालिका केन्द्रमा प्रहरी चौकी नहुँदा असुरक्षित महसुस भइरहेको शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । तल्लोस्वराड चितुवा प्रभावित क्षेत्र हो । त्यहाँ सुरक्षाको कारण देखाउँदै बैंक शाखासमेत स्थापना हुनसकेको छैन । सो क्षेत्रमा चितुवाको आक्रमणबाट ६ वर्षयता २३ बालबालिकाले ज्यान गुमाएका छन् । जिल्लाभर हाल ३१ प्रहरी चौकी रहेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया