एन्फा महिला लिगमा आर्मी र पुलिसबीच बराबरी
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – सरकारले चुनावको मिति घोषणामा ढिलाइ गर्दा निर्वाचन आयोगलाई मतदाता नामावली अद्यावधिक लगायतका काममा चाप बढ्ने भएको छ । मिति घोषणा हुनुभन्दा पहिलेसम्म नामावली संकलन गर्नुपर्ने कानुनी व्यवस्था रहेको र त्यसपछि मात्रै नाम अद्यावधिक गर्नुपर्ने भएकाले त्यो काम सुरु गर्न नपाएको आयोगको भनाइ छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नामावली संकलन, मतदानस्थलहरुको निर्धारण, सम्बन्धित निकायसँगको समन्वयको काम नियमित भइरहे पनि मिति घोषणा नहुँदा अरु चुनावी प्रक्रिया अघि बढाउन नपाएको बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले मिति घोषणामा ढिलाइ हुँदा आयोगलाई समयमै चुनावी प्रक्रिया अघि बढाउन चुनौती थपिएको बताउनुभयो । अघिल्लो वर्ष पुसदेखि मतदाता नामावली अद्यावधिक भएको छैन । यसबीचमा झण्डै १५ लाख नयाँ मतदाता थपिएकाले त्यसको अद्यावधिक गर्न समय लाग्ने उहाँले बताउनुभयो । यस्तै पालिकासँग समन्वयदेखि चुनावका अरु प्रक्रिया सुरु गर्न पनि पहिले मिति घोषणा हुनुपर्ने उहाँको भनाइ छ ।
गएको मंगलबार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा जेठ ४ गते चुनाव गर्ने समझदारी भएको थियो । प्रधानमन्त्री देउवाले छिटै निर्णय गर्ने बताउनु भए पनि अहिलेसम्म मिति घोषणा भैसकेको छैन । यसबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने अपेक्षा छ ।
हरेक सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गर्छ । तर अघिल्लो बिहीबार मन्त्रिपरिषद् बैठक बसेन । भोलि बस्ने मन्त्रिपरिषद बैठकले मिति घोषणा गर्न सक्ने आयोगले विश्वास गरेको छ । सामान्यतया चुनावको मिति घोषणा भएपछि आवश्यक तयारीको लागि १ सय २० दिन चाहिने आयोगले भन्दै आएको छ । तर जेठ ४ गते आउन अब एकसय दिन मात्रै बाँकी छ । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा भएको स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीहरुको पदावधि आउँदो जेठ ५ गते सकिँदै छ ।
प्रवक्ता पौडेलसँगको कुराकानी कार्यक्रम बदलिंदो नेपालमा सुन्नुहोस् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।