बालुवाटारमा प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल सुरु

 माघ २३, २०७८ आइतबार १६:३७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको बैठकका लागि एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज आइतवार दिउँसाे ४ बजेकाे समयमा बालुवाटार पुग्नुभएको हो । 

निवर्तमान प्रधानमन्त्री ओली प्रधानमन्त्री पदबाट बाहिरिएपछि औपचारिक बैठकका लागि आज पहिलो पटक बालुवाटार प्रवेश गर्नुभएको हो । उहाँहरू बीचमा पछिल्लो समसामयिक राजीतिका साथै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ । 

अमेरिकाले फागुन १६ गतेभित्र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिसक्न पत्र पठाएपछि प्रधानमन्त्री तत्कालै सम्झौता पास गर्ने तयारीमा हुनुहुन्छ तर सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले संशोधन गरेर मात्रै पास हुनुपर्ने अडान लिएपछि प्रधानमन्त्री देउवा अप्ठेराेमा हुनुहुन्छ ।

यस्तै सभामुख अग्नि सापकोटाले लगातार संसद् बैठक बस्ने मिति सारेको विषयमा पनि प्रधानमन्त्री देउवा असन्तुष्ट हुनुहुन्छ । 

तस्बिर : गंगा दाहालकाे ट्विटर ह्यान्डलबाट

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया