देवरले पेट्राेल छर्केर भाउजूलाई आगाे लगाए, उपचारका क्रममा ज्यान गयाे

 माघ २३, २०७८ आइतबार २०:५:३० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा आफ्नै देवरले आगो लगाएर घाइते भएकी एक महिलाको आज आइतवार ज्यान गएको छ ।

बोदेबरसाईन नगरपालिका वडा नम्बर १ का परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीको श्रीमान् रविनले बताउनुभएकाे प्रहरीले जनाएको छ । भाउजुलाई आगो लगाउने साह फरार रहेका र खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्ता डिएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अस्ति शुक्रवार बिहान घरमै काम गरिरहेका बेला २० वर्षका परमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा आगो लगाएका थिए । गम्भीर घाइते भएकी राजकुमारीको विराटनगरमा उपचारका क्रममा हिजाे शनिवार राति ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जनाकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया