हिउँ पग्लन थालेपछि हिउँमा फसेकाहरु गाउँ फर्कने पर्खाइमा

 माघ २४, २०७८ सोमबार ७:३४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

जुम्ला - जुम्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेका सबै सकुशल रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिउँ पग्लिन थालेपछि उनीहरु गाउँ फर्कने पर्खाइमा रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताउनुभयो । हिजोदेखि घाम लागेकाले हिउँ पग्लन थालेको र एक, दुई दिनमा उनीहरु आफैँ फर्कन सक्ने अवस्था रहेको उहाँको भनाइ छ ।

आवश्यक परेमा उद्धारको लागि फेरि हेलिकप्टर जाने उहाँले बताउनुभयो । उद्धारको लागि हिजो गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको छ । दुई, तीन दिनलाई पुग्ने खाद्यान्न खसालिएकाले खानेकुराको अभाव नहुने प्रशासनले जनाएको छ ।

उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् । लेकमा ५५ जना हिउँमा फसेका जानकारी आएको भए पनि त्यहाँ ३६ जनामात्रै रहेको प्रमुख जिल्ला अधिकारी प्रसाईँले बताउनुभयो ।

हिउँमा रोकिएका सबै ओडारमा आगो बालेर बसिरहेका, तत्कालका लागि खानेकुरा लगिएको र यदि उद्धारमा समस्या भए पनि थप खानेकुरा लगेर उनीहरुको ज्यान जोखिममा पर्न नदिने उहाँको भनाइ छ।  
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया