वैशाख ३० गते हुने चुनावका लागि कानुनमा खासै संशोधन गर्नुपर्दैन : सञ्चार मन्त्री कार्की

 माघ २४, २०७८ सोमबार १६:५४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आउँदाे वैशाख ३० गते स्थानीय तहको चुनाव गर्नका लागि कानुन संशोधन गर्नु नपर्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले निर्वाचन आयोगले नै जेठ ४ या वैशाख ३० गते चुनाव गर्दा कानुन संशोधन गर्नु नपर्ने जानकारी गराएको बताउनुभयो ।

यसअघि आयोगले जेठ ४ गते स्थानीय चुनावका लागि प्रस्ताव गरेको तर सरकारले वैशाख ३० गते देशभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको र आयोगको भनाइअनुसार कानुनमा खासै संशोधन आवश्यक नरहेको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया