तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुन्छ : प्रचण्ड

 माघ २५, २०७८ मंगलबार ११:५८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले लिने तत्कालीन कार्यनीतिको पछाडि दीर्घकालीन रणनीति हुने बताउनु भएको छ ।

बिहान ललितपुरको खुमलटारमा रहेको आफ्नै निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्ला जिल्ला इञ्चार्ज चन्द्रबहादुर तिरुवा ‘रविकिरण’ लगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले तत्कालीन कार्यनीति पछाडि दीर्घकालीन रणनीति हुन्छ भन्ने कुरा बुझ्नु पर्ने बताउनु भएको हो ।

उहाँले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्री एकठाउँमा हुनुको कुनै विकल्प नरहेको पनि बताउनु भएको छ ।

परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली नागरिकको भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएको उहाँको भनाइ छ । यस्तै, उहाँले देशभित्र र देशबाहिरका प्रतिक्रियावादीले माओवादीलाई सखाप पार्न सकिन्छ भनेर लागि परेको पनि आरोप लगाउनुभयो ।  उहाँले माओवादी छाडेकाहरुलाई फर्किन पनि आग्रह गर्नुभएको छ ।

अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौतामा दोहोरो भूमिका खेलेको भन्दै अहिले प्रचण्डको आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया