विदेशी विनिमय सञ्चिति घट्दाे, शोधानान्तर घाटा चुलियो, वैदेशिक लगानी भने ४८ प्रतिशतले बढ्यो

 माघ २६, २०७८ बुधबार १६:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विदेशी विनिमयको सञ्चिति १७ प्रतिशतभन्दा धेरैले घटेको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति पुसमा आइपुग्दा १६ दशमलव ७ प्रतिशतले कमी आइ ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा पुस मसान्तमा १५ दशमलव ९ प्रतिशतले कमी आइ नाै अर्ब ८९ करोड रुपैयाँमा झरेको छ । ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु आयात र ६ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।  

यस्तै चालु खाता तीन खर्ब ५४ अर्ब सात करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । 

यस्तै शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो । 

यी सबैका बीच प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ दशमलव १ प्रतिशतले वृद्धि भइ ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा सात अर्ब ६६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया