गाजाबाट थप ३ जना बन्धक मुक्त

 माघ १९, २०८१ शनिबार १८:१९:३६ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

प्यालेस्टिनी विद्रोही समूह हमासले तीन जना इजरायली बन्धकलाई मुक्त गरेको छ । हमासले ३४ वर्षका यार्देन बिवास, ५३ वर्षका ओफर काल्दरोन र ६५ वर्षका किथ सिगललाई मुक्त गरेको बीबीसीले जनाएको छ ।

उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन्  । युद्धविराम सम्झौताअनुसार तीन जनाको बदलामा इजरायलले एक सय ८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई छाड्दैछ ।

युद्धविराम तथा बन्धक रिहाइ सम्झौताअनुसार झन्डै ६ हप्ता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरायली बन्धकलाई छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका झन्डै एक हजार नौ सय जना प्यालेस्टिनी बन्दी रिहा हुनेछन् । दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा हुनुका साथै गाजाबाट पूर्णरूपमा इजरायली फौज फिर्ता हुनेछन् । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षाैं लाग्नसक्ने सम्झौतामा उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायभित्र प्रवेश गरेर आक्रमण गर्दा झन्डै १२ सय जनाको ज्यान गएको थियो । त्यसक्रममा दुई सय ५१ जना अपहरणमा परेका थिए । इजरायलले गाजामा चलाएको जवाफी कारवाहीमा झण्डै ४७ हजार जनाको ज्यान गएको छ । गाजाका २३ लाख जनसङ्ख्यामध्ये धेरैजसो विस्थापित भएका छन् ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया