सत्यमाेहन जाेशीकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ

 माघ २६, २०७८ बुधबार १६:४९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा. सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । किस्ट अस्पतालमा उपचाररत जोशीको हिजो मङ्गलवार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज बुधवार एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

हिजो श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा उहाँको छातीमा नियोनिया सङ्क्रमण देखिएको थियो । अहिले त्यसको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । 

हिजो बेलुकी गरिएको इकोकार्डियोग्राफीको रिपोर्ट अनुसार जोशीको मुटुमा समस्या देखिएकाले त्यसको पनि उपचार भइरहेको विज्ञप्तिमार्फत जानकारी दिइएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया