६ महिनामा विदेश पढ्न जानेहरुबाट साढे १७ अर्ब रुपैयाँ बाहिरियो, घुम्न जानेले खर्चिए १२ अर्ब

 माघ २७, २०७८ बिहीबार ११:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १७ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि पुससम्म पढ्नको लागि विदेश जाने नेपालीले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका छन् । यो गएकाे वर्षको ६ महिनाको भन्दा झण्डै पाँच अर्ब रुपैयाँले धेरै हो । यस्तै विदेश घुम्न जाने नेपालीले १२ अर्ब सात करोड रुपैयाँ खर्च गरेका छन् ।

अघिल्लो वर्षको ६ महिनामा घुम्न जाने नेपालीले तीन अर्ब रुपैयाँको हाराहारीमा मात्रै खर्च गरेका थिए । ६ महिनामा नेपाल घुम्न आउने पर्यटकले गर्ने खर्च पनि बढेको छ । ६ महिनामा भ्रमण आय दुई सय सात प्रतिशतले बढेर १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय जम्मा तीन अर्ब ३३ करोड रुपैयाँ मात्रै थियो ।

समग्रमा यो आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४६ अर्ब १७ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Janata

    Feb. 10, 2022, 11:50 a.m.

    घुम्न जानेहरुले लैजाने डलर रकममा राज्यले कर लगाए कस्तो होला ?

  •  0 Reply

तपाईको प्रतिक्रिया