एसईई गर्ने जिम्मा प्रदेशलाई दिने गरी कानुन बनिरहेकाे छ : बाेर्ड अध्यक्ष शर्मा

 माघ २७, २०७८ बिहीबार १५:५३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन बनिरहेकाे बताउनुभएको छ । 

आज बिहीवार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाण्डाैमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिने गरी कानुन निर्माण गरिरहेको बताउनुभएको हो । उहाँले ऐनमा व्यवस्था नभइ सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्याराे भएको उल्लेख गर्दै सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरे प्रदेशले नै एसईई बताउनुभयो ।

अध्यक्ष शर्माले प्रदेश सरकारले त्याे अधिकार पाएमा प्रदेशले उत्तरपुस्तिका परीक्षण गरिसकेपछि आफ्नो समयअनुसार नतिजा प्रकाशन गर्न सक्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘एसईईकाे सन्दर्भमा स्थानीय तहबाट दिने भन्ने कुराहरू विगतमा पनि आएका थिए, त्यो भनेको कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट लिने भन्ने हो । हामीले कसरी कक्षा १० को परीक्षा प्रादेशिक स्तरबाट सञ्चालन गर्न सकिन्छ, प्रदेशले जिम्मेवारी लिन सक्छ भन्ने लाइनमा गृहकार्य गर्नलाई नीतिगत रूपमा र नियममा के परिवर्तन गर्न सकिन्छ भन्ने हिसाबबाट त्यो प्रक्रियालाई अघि बढाएका छौँ । प्रदेशले पनि राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार काम गर्न तयार रहेको कुरा गरेको छ । प्रदेश सरकारले परीक्षा सञ्चालन भइसकेपछि उत्तरपुस्तिका जिल्लामा पठाउने, केन्द्रका कुरालाई समन्वय गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, परीक्षणपछि टेबुलेशन गर्ने, परीक्षण गराउने र नतिजा प्रकाशन गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डमा पठाउने काम गर्नेछ । ’

अध्यक्ष शर्माले यस पटकको एसईईमा दुई हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयले भाग लिने बताउनुभयो । बोर्डले झन्डै पाँच लाख विद्यार्थी यस पटकको एसईईमा उपस्थित हुन सक्ने अनुमान गरेको उहाँले बताउनुभयो । अध्यक्ष शर्माले कक्षा १२ को परीक्षाको समय तालिका पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी रहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया