एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

 माघ २७, २०७८ बिहीबार १७:२६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायता 'मिलेनियम च्यालेन्ज कर्पोरेशन' (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।

बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि बुझाउनुपर्ने बताउनुभएको थियो ।

आजको बैठकमा आसन्न स्थानीय तहको चुनाव र पार्टीका भातृ सङ्गठनको अधिवेशनको विषयमा समेत छलफल भएको नेता कोइरालाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया