एमसीसी संसदमा पेस भए बहुमतले पारित हुन्छ : कांग्रेस प्रवक्ता महत

 माघ २७, २०७८ बिहिबार १८:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेस भए बहुमतका साथ पारित हुने दाबी गर्नुभएको छ । आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो बताउनुभएको हो । 

उहाँले बैठकमा स्थानीय चुनावकाे बारेमा छलफल भएको पनि बताउनुभयो । प्रवक्ता महतले बैठकमा वक्ताहरूले बोल्ने क्रम नसकिएकाले भोलि शुक्रवार पनि छलफल चल्ने बताउँदै आजको बैठकमा स्थानीय निकायको चुनाव, भातृ सङ्गठनहरूको समयसीमा र एमसीसीको विषयमा चर्चा गरिएको बताउनुभयो । बैठकमा वक्ताहरूले एमसीसीलाई कसरी चाँडै निष्कर्षमा पुर्‍याएर टुङ्ग्याउने भन्ने कुरामा छलफल भएको बताउनुभयो । उहाँले एमसीसी संसदमा लैजान नहुने कुनै कारण नरहेको भन्दै चाँडै यस विषयको निष्कर्षमा पुग्ने बताउनुभयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘एमसीसी संसदबाट नै टुङ्ग्याउन उपयुक्त हुन्छ, संसदमा एमसीसीको विषयले प्रवेश नपाउने कुनै कारण छैन, सदनमा प्रवेश पाएपछि ठूलो बहुमतका साथ पारित हुन्छ । विभिन्न सरकारकाे सहभागितामा एमसीसी अघि बढेको हो । नेपाल सरकारले सन् २०१२ मा नै त्यो प्रक्रिया अघि बढाएको हो । त्यो अन्योललाई पनि चाँडै समाप्त पार्नुपर्छ र त्यो प्रक्रियालाई संसदमार्फत अघि बढाउनुपर्छ भन्ने कुरामा पनि पार्टीमा कुनै दुई मत छैन । साथीहरूले यो प्रक्रिया अघि बढाउने र अरू दलहरूको सहमतिमा लाग्ने कुरा गर्नुभएको छ ।’

प्रवक्ता महतले विधानको व्यवस्थाअनुसार पार्टीले भातृ संगठनहरुको बारेमा निर्णय गरेर अघि बढ्ने पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ganesh Prasad Neupane

    Feb. 11, 2022, 6:27 a.m.

    बुझेको कुरा हो कि : नेपाल एक गरीव राष्ट्र हो । नेपाललाई सहयोग को आवश्यकता छ। नेपाललाई मित्रराष्टहरुले अनुदान / ऋण सहयोग गरेका छन । अमेरिका पनि मित्र राष्ट्र हो । अमेरिकाले पनि नेपालको विकासमा सहयोग गरेको छ। तर यो बुझिएन कुनै सहयोग(MCC) नलिए नेपालको विकास पछि पर्ला रे ल तर अमेरिकालाई के नोक्सान हुन्छ ? र किन MCC नामको सहयोग नेपालले लिनै पर्छ ? ठूलै स्वार्थ नभए सहयोग दिनका लागि किन मरिमेटेको ? कति सहयोग हालसम्म नेपालले प्राप्त गर्यो तर संसद वाट नै प्रस्ताव पारित गर्नुपर्ने किन ? यस अघि त यस्तो परेको थिएन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया