माओवादी केन्द्रीय समिति बैठक स्थगित

 माघ २७, २०७८ बिहिबार १९:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको भोलि शुक्रवार र पर्सि शनिवारका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादीले जनाएको छ । यसअघि आजका लागि बोलाइएको बैठक बस्ने ठाउँ तय नभएका कारण भोलि र पर्सिका लागि सारिएको भए पनि फेरि बैठक स्थगित गरिएको हो ।

बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का विषयमा पार्टीको धारणा प्रष्ट पार्ने र पार्टीका पदाधिकारी चयनबारे पनि छलफल गर्ने तय भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया