गण्डकी प्रदेशमा गाडी भाडा बढ्यो

 माघ २९, २०७८ शनिबार ६:३८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक गाडीको भाडा बढाएको छ ।

प्रदेश सरकारको कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै भोलिदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएकाे जनाएको हो । तर प्रदेशमा यसअघि नै भाडा बढिसकेको छ । प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा निर्धारण गरिएको छ।

यस्तै जीपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा लाग्ने छ । सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ ।

२० किलोमिटरभन्दा बढीमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ । ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क नलाग्ने प्रदेश सरकारले जनाएको छ ।

दुई सय मिटर कटेपछि हरेक दुई सय मिटरमा थप १० रुपैयाँ थपिन्छ भने १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७ रुपैयाँ ५ पैसा भाडा तिर्नुपर्छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया