आजदेखि यात्रु विना नै खाली रेल कुदाइँदै

 फागुन १, २०७८ आइतबार ७:२८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ। जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो । 

भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । 

उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनुभयो । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ । 

रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो । 

अहिले रेल धनुषाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । रेलको प्राविधिक अवस्था बुझ्न विना यात्रु दैनिक रेल गुडाउन लागेको र कुनै प्राविधिक समस्या देखिए सुधार गर्ने महाप्रबन्धक झाले बताउनुभयो । 

रेलकाे फागुनको दोस्रो हप्ता विधिवत् रुपमा उद्घाटन गर्ने तयारी छ । 

अन्तिम अपडेट: भदौ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया