नेपाल रेडक्रस उपशाखाद्वारा उज्यालो सहकर्मी भावुक योगी सम्मानित

 फागुन १, २०७८ आइतबार १३:५३:१९ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा नगर उपशाखा बर्दियाको २६ औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा याेगीलाई सम्मान गरिएकाे हाे । 

नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका उपाध्यक्ष एवम् रेडियो टाइगरका प्रबन्धकसमेत रहनुभएका बर्दियाका उज्यालो सहकर्मी योगी सम्मान पत्रसहित सम्मानित हुनुभएको हो । 

ठाकुरबाबासहित जिल्लाभरका नागरिकलाई कोभिड-१९, आगलागी, शीतलहर, बाढी लगायतका प्रकोपका घटनाहरु प्रति सचेत रहनका लागि सञ्चारमाध्यम मार्फत जनचेतनामूलक समाचार सम्प्रेसणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उच्च कदर स्वरुप पत्रकार योगीलाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापति यज्ञ नेपालले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पङ्गेनीले खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया